नेपालको राहदानी पुनः कमजोर सूचीमै, ९५औँ स्थानमा सीमित

0
Quantam abroad studies

द हेन्ली पासपोर्ट इन्डेक्सले २०२५ का लागि सार्वजनिक गरेको नयाँ सूचीमा नेपाल फेरि पनि विश्वकै कमजोर राहदानी हुने देशहरूमध्ये पर्न सफल भएको छ। ९९ देश समेटिएको उक्त सूचीमा नेपाल ९५औँ स्थानमा लिवियासँग संयुक्तरूपमा परेको हो।

नेपालभन्दा तल यमन, सोमालिया, पाकिस्तान, इराक, सिरिया र सबैभन्दा अन्त्यमा अफगानिस्तान रहेका छन्। यसले नेपाली राहदानीको अन्तर्राष्ट्रिय पहुँच अझै पनि सीमित रहेको देखाउँछ।

सूचीमा नेपालसँगै कमजोर श्रेणीमा बंगलादेश, इरिट्रिया, प्यालेस्टाइन क्षेत्र, उत्तर कोरिया, सुडान र श्रीलंका पनि रहेका छन्।

दक्षिण एसियाली राष्ट्रहरूको तुलनामा नेपालको स्थिति निकै पछाडि छ। माल्दिभ्स ५३औँ स्थानमा रहँदा भारत ७७औँ र भुटान ८४औँ स्थानमा छन्।

sahani furniture udyog

उता, शक्तिशाली राहदानीको सूचीमा भने सिंगापुर शीर्ष स्थानमा कायम छ। जापान र दक्षिण कोरिया दोस्रो स्थानमा रहेका छन् भने तेस्रो स्थानमा डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, आयरल्यान्ड, इटाली र स्पेन संयुक्तरूपमा परेका छन्।

इन्डेक्स अनुसार, नेपालका राहदानीधारीले थोरै देशहरूमा मात्र भिसा-रहित वा अन-अराइभल भिसाको सुविधा पाउने भएकाले राहदानीको शक्ति कमजोर देखिएको हो।

पछिल्ला केही वर्षदेखि नेपालको राहदानी लगातार कमजोर सूचीमा पर्दै आएको छ। विश्लेषकहरूका अनुसार कूटनीतिक पहुँच र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा कमजोरी हुँदा नेपाली राहदानीको हैसियत सुधार हुन सकेको छैन।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.