कपिलवस्तुमा एक वृद्ध पुरुष मृत अवस्थामा फेला

0
Quantam abroad studies

कपिलवस्तु । बाणगंगा नगरपालिका–२ नन्दनगरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

बाणगंगा–३ धनगौली निवासी अन्दाजी ६० वर्षीय गोरखनाथ यादव आज (बिहीबार) बिहान ६ बजे मृत अवस्थामा भेटिएका हुन्। बिहानको मर्निङ वाकमा निस्किएका स्थानीयले सडक छेउमा स्कुटीसहित उनी मृत अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय पिपराको टोली घटनास्थलमा पुगेपछि यादवलाई स्कुटीसहित मृत अवस्थामा भेटिएको पुष्टि गरेको छ। पोस्टमार्टमका लागि उनको शव पिपरा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

sahani furniture udyog

स्थानीय व्यापारी समेत रहेका यादव केही समयदेखि स्कुटीमार्फत खुद्रा व्यापार गर्दै आएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार उनी सुगर र उच्च रक्तचाप (प्रेसर) का दीर्घ रोगी रहेको खुलेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.