असोज १ देखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

0
Quantam abroad studies

काठमाडौं – सरकारले आगामी असोज १ गतेदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले यो निर्णय गरेको हो।

निर्णयअनुसार, असोज १ देखि दर्ता, नामसारी वा नवीकरण गर्न आउने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ। कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउने र गृह मन्त्रालयसँग समन्वय गरेर ट्राफिक प्रहरी परिचालन गर्ने तयारी गरिएको छ।

बैठकले सुरक्षण मुद्रणसम्बन्धी ऐन, २०८१ अनुसार बाँकी रहेका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ पनि शीघ्र सुरु गर्न निर्देशन दिएको छ। यसअघि २०८२ असार मसान्तसम्म पहिलो चरणको उत्पादन सुरु गर्ने सम्झौता भए पनि अब भदौ मसान्तभित्र छपाइ सुरु गर्न सुरक्षण मुद्रण केन्द्रलाई आग्रह गर्ने निर्णय भएको छ।

sahani furniture udyog

त्यसैगरी, बैठकले चालक अनुमतिपत्र १० वर्ष अवधिको बनाउने, राजस्व दरमा एकरूपता ल्याउने, तथ्यांक डिजिटलाइज गर्ने, भुक्तानी प्रणालीलाई विद्युतीय माध्यममा लैजाने, सफ्टवेयरलाई व्यवस्थित पार्ने, बेरुजु फछ्र्यौट प्रभावकारी बनाउने र राइड सेयरिङबारे एकरूपता कायम गर्ने निर्णय पनि गरेको छ।

मन्त्री दाहालले तीनै तहको समन्वय र सहकार्यमार्फत संघीयता कार्यान्वयनलाई बलियो पार्दै नागरिकलाई छरितो सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.