पूर्ण रूपमा गाजा क्षेत्र कब्जा गर्ने इजरायलीको प्रधानमन्त्री काे याेजना

0
Quantam abroad studies

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा क्षेत्र पूर्ण रूपमा कब्जा गर्ने निर्णय गरेको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन्। यससँगै इजरायली सेनाले गाजाभर सैन्य कारबाही विस्तार गर्ने तयारी थालेको छ।

च्यानल–१२ का अनुसार प्रधानमन्त्री कार्यालयका एक वरिष्ठ अधिकारीले भनेका छन्– “हमासले आत्मसमर्पण नगरेसम्म बन्धकहरू छोडिँदैनन् र हामी पनि कारबाही रोकिन्नौं।” मंगलबार हुने युद्ध मन्त्रिपरिषद्को बैठकमा यसबारे औपचारिक छलफल हुने बताइएको छ।

सन् २०२३ को अक्टोबरदेखि सुरु भएको आक्रमणमा हालसम्म करिब ६० हजार ९३० प्यालेस्टाइनी मारिएका छन्, जसमा १८ हजार ४३० बालबालिका रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

sahani furniture udyog

लगातार आक्रमण र नाकाबन्दीका कारण गाजामा खाद्यान्न तथा औषधिको गम्भीर अभाव छ। प्यालेस्टाइनी विदेश मन्त्रालयले इजरायलको योजनालाई निन्दा गर्दै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.