
पछिल्लो १२ घण्टामा दाङ, बाँके र बर्दियामा अति भारी वर्षा मापन गरिएको छ।
- दाङको जलकुण्डीमा २२७ मिमी
- बाँकेको सिक्टामा २०० मिमी
- बर्दियाको मानपुरमा १६७ मिमी वर्षा भएको छ।
दाङ र बाँकेमा अति भारी तथा बर्दियामा धेरै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दाङमा एक घण्टामै २५ मिमीभन्दा बढी वर्षा भएको छ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज दिउँसो र राति पश्चिम नेपालमा अझै वर्षा बढ्नेछ। मनसुनी न्यूनचापीय प्रणाली सक्रिय रहेकाले केही दिन देशभर मनसुन प्रभावकारी रहने अनुमान छ।
भारी वर्षाका कारण बबई, पश्चिम राप्ती, डुडुवा लगायतका खोलानाला र होचा भूभागमा आकस्मिक बाढी तथा डुबानको जोखिम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
👉 आगामी २४ घण्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
