डिजेललाई मदिरा सम्झी सेवन गरेका एक जनाकाे मृत्यु

0
Quantam abroad studies

उदयपुरमा डिजेललाई मदिरा सम्झी सेवन गरेका एक वृद्धको ज्यान गएको छ।

चौदण्डीगढी नगरपालिका–६ सुगारेका ९३ वर्षीय अन्तनारायण श्रेष्ठले मंगलबार बेलुकी करिब साढे सात बजे घरमै राखिएको डिजेल पिएको परिवारजनले बताएका छन्। डिजेल सेवनपछि अस्वस्थ बनेका उनलाई तत्कालै बेलटारस्थित नगर अस्पताल पुर्याइएको थियो।

sahani furniture udyog

त्यहाँ प्राथमिक उपचार सम्भव नभएपछि श्रेष्ठलाई सोही रात बिराटनगरको बिराट टिचिङ अस्पताल लगिएको थियो। तर बुधबार बिहान करिब साढे छ बजे उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलटारले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी केदारमान दोङका अनुसार मृतकको शव अहिले अस्पतालमै राखिएको छ र घर पठाउने तयारी भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.