चितवनमा करेन्ट लागेर करिब २० वर्षीय भाले गैँडाको मृत्यु

0
Quantam abroad studies

चितवनमा करेन्ट लागेर करिब २० वर्षीय भाले गैँडाको मृत्यु भएको छ।

माडी नगरपालिका–२ भैरवपुरस्थित धानबारीमा मंगलबार बिहान करेन्ट प्रवाह भएको तारमा फसेर गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिए।

sahani furniture udyog

उहाँका अनुसार बिहान करिब साढे ९ बजे भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेका छन्। कसले र किन धानबारीमा विद्युतीय करेन्ट प्रवाह गरेको हो भन्नेबारे निकुञ्जले अनुसन्धान थालेको पनि उनले बताए।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.