
काठमाडौँ । सुनसरीको कोशी गाउँपालिका–८ भिमनगर नाकाबाट प्रहरीले नक्कली नेपाली नोटसहित दुई युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा सप्तरी हनुमान कङ्कालिनी गाउँपालिका–२ का २६ वर्षीय राजेश कुमार रजक र सोही गाउँपालिका–१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन्। उनीहरू भारततर्फबाट नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेका हुन्।
डीएसपी योगराज खतिवडाका अनुसार उनीहरूको साथबाट एक हजार दरका ३८ थान नक्कली नोट बरामद गरिएको छ। लु.९२ प २३८० नम्बरको मोटरसाइकलमा आएका उनीहरूले रकम कसैले दिएकाे भन्दै बयान दिएका छन्।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
