
कपिलवस्तु । कपिलवस्तु जिल्लामा राजनीतिक समीकरण फेरिँदै गएको छ। परम्परागत दलप्रति मोहभंग भएका नेता तथा कार्यकर्ताहरू नयाँ राजनीतिक विकल्पको खोजीमा जुटिरहेका बेला कांग्रेस, एमाले र जसपाका सयौं कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन्।
मायादेवी गाउँपालिका–१ का एमालेका पूर्ववडाध्यक्ष हरिगोविन्द चौधरीसहित सम्पूर्ण वडा कमिटीले सामूहिक रूपमा जनमत पार्टी रोजेका छन्। त्यस्तै, कांग्रेसका सुवा चौधरी, सलीम प्रधान, राजनारायण चौधरी र जनता समाजवादी पार्टी (जसपा) का जिल्ला सदस्य नारायण यादवलगायत २५० भन्दा बढी कार्यकर्ता एकैपटक जनमत पार्टीमा आवद्ध भएका हुन्।
कपिलवस्तुमा आयोजित भव्य कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज रियाज अहमद खानको अध्यक्षता थियो। कार्यक्रममा उपस्थित उपाध्यक्ष दानबहादुर चौधरीले जनमत पार्टीप्रति जनताको विश्वास दिन प्रतिदिन बढिरहेको उल्लेख गर्दै यसलाई तराई–मधेसको वास्तविक प्रतिनिधि शक्ति भनेका छन्।

उनले कांग्रेस, एमाले र माओवादी केन्द्रले जनताको अपेक्षा र विकासको मुद्दामा चासो नदिएको आरोप लगाउँदै नयाँ विचार, नयाँ नेतृत्व र स्पष्ट एजेन्डाका साथ जनमत पार्टीले मधेसमा आशा जगाएको बताए।
“परम्परागत दलहरूले जनताको भरोसा गुमाइसके, अब नयाँ पुस्ता र नयाँ सोचले मात्र मधेसको भविष्य निर्माण गर्छ,” उन
