नेपालगञ्ज–नयाँदिल्ली सिधा हवाई उडान सुरु गर्न पहल गर्ने परराष्ट्रमन्त्री राणाकाे प्रतिबद्धता

0
Quantam abroad studies

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालगञ्ज–नयाँदिल्ली सिधा हवाई उडान सुरु गर्न सशक्त पहल गर्ने प्रतिबद्धता जनाएकी छन्। पश्चिम नेपालको आर्थिक विकास र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै उनले सोमबार मन्त्रालयमा बाँके–बर्दियाका सर्वपक्षीय टोलीसँग भेटमा उडान एजेन्डा अघि बढाउने आश्वासन दिइन्।

उनका अनुसार हवाई सम्पर्क विस्तारले पर्यटन, व्यापार, पारवहन र जनसम्पर्कमा ठूलो फाइदा पुग्नेछ। प्रतिनिधिमण्डलले नेपालगञ्जलाई ‘मानसरोवर गेटवे’ का रूपमा विकास गर्न दिल्ली उडान अपरिहार्य रहेको र विमानस्थलमा आवश्यक पूर्वाधार तयार भइसकेको जानकारी गराएको थियो। उडान सञ्चालन भएपछि सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका करिब २५ जिल्लाका नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

sahani furniture udyog

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.