गुल्मीदरबारका अविवाहितले मासिक १ हजारका दरले भत्ता

0
Quantam abroad studies

गुल्मी । गुल्मीदरबार गाउँपालिकाले अविवाहित नागरिकलाई पनि सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ। पालिकाले गत आर्थिक वर्षमा ३९ अविवाहितलाई मासिक एक–एक हजारका दरले कुल चार लाख ५६ हजार रुपैयाँ वितरण गरेको छ।

सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विधवा महिला र दलित बालबालिकासहित विभिन्न श्रेणीमा भत्ता वितरण भइरहेकोमा अविवाहित पनि लाभान्वित वर्गमा पर्छन्।

sahani furniture udyog

गाउँपालिकाले कुल १३ करोड ३३ लाख रुपैयाँभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको जनाएको छ। साथै, पालिकाले जन्म, मृत्यु, विवाह दर्ता, बसाइँसराइ र विभिन्न प्रमाणिकरण सेवा नियमितरूपमा उपलब्ध गराउँदै आएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.