“हिन्दुकुश हिमालय संसदीय बैठक भदौ २ देखि सुरु हुने”

0
Quantam abroad studies

काठमाडौँ, भदौ १ – ‘हिन्दुकुश हिमालय संसदीय बैठक’ यही भदौ २ र ३ गते काठमाडौँमा सुरु हुँदैछ । सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा र इसिमोडको प्राविधिक सहयोगमा हुने उक्त बैठकमा नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधिहरू सहभागी हुनेछन् ।

राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि र सभामुख देवराज घिमिरे विशिष्ट अतिथि रहने उद्घाटन समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसहित विभिन्न देशका प्रतिनिधिले सम्बोधन गर्नेछन् ।

sahani furniture udyog

बैठकमा करिब ३० जना सांसदसहित जलवायु परिवर्तन, वायुप्रदूषण, जैविक विविधता तथा दिगो विकास सम्बन्धी विज्ञ र साझेदार संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन् । बैठकमा जलवायु परिवर्तनको असर, जैविक विविधताको ह्रास, वायु प्रदूषण र पर्वतीय क्षेत्रका अवसर तथा चुनौतीबारे गहन छलफल हुनेछ ।

आयोजक समितिका संयोजक वीरबहादुर बलायरका अनुसार बैठकले साझा दृष्टिकोण बनाएर जलवायु नीतिनिर्माण, कार्बन उत्सर्जन न्यूनीकरण र क्षेत्रीय रणनीति तयार पार्न योगदान गर्ने अपेक्षा गरिएको छ । विज्ञका भनाइमा, हिन्दुकुश क्षेत्रले तटीय क्षेत्रमा रहेका करिब दुई अर्ब जनतालाई पानी, खाना र ऊर्जासहित महत्त्वपूर्ण पारिस्थितिकीय सेवा दिँदै आएको छ, तर जलवायु परिवर्तन, प्रदूषण र सामाजिक–आर्थिक परिवर्तनका कारण गम्भीर जोखिममा परेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.