अब पाँच महिनाभित्र नेपालमा फाइभ–जी : मन्त्री गुरुङ

0
Quantam abroad studies

काठमाडौँ — संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अबको पाँच महिनाभित्र नेपालमा फाइभ–जी (5G) सेवा सुरु हुने घोषणा गर्नुभएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको कार्यसम्झौतामा सो मुद्दा स्पष्ट उल्लेख भएको भन्दै मन्त्री गुरुङले आफ्नो कार्यकालमै फाइभ–जी सेवा कार्यान्वयन गर्ने दृढता व्यक्त गर्नुभयो।

तामाङ पत्रकार संघको ३१औं प्रसारण दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सुरुवाती चरणमा काठमाडौं उपत्यका र पोखरालाई प्राथमिकतामा राखी फाइभ–जी सेवा सञ्चालन हुने जानकारी दिनुभयो।

sahani furniture udyog

उहाँले प्रविधिको तीव्र गतिलाई उल्लेख गर्दै भने, “अन्य मुलुकमा ६जीको तयारी सुरु भइसकेको छ। हामी ढिला भए पनि अब नेपालमा फाइभ–जी सुरु गरेर डिजिटल प्रविधि यात्रामा अघि बढ्छौँ।”

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.