भन्सार छलीका सामानसहित लाखौँको गाडी नियन्त्रण

0
Quantam abroad studies


सशस्त्र प्रहरी बल नेपाल, पर्साले भन्सार छलीका सामानसहित करिब ४८ लाख ९१ हजार रुपैयाँ बराबरको सुजुकी भिटारा ब्रेजा गाडी नियन्त्रणमा लिएको छ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज–९ घण्टाघरचोक नजिकै भारततर्फ जाँदै गरेको बीआर ०१ एफई ७१९९ नम्बरको गाडी चेकजाँच गर्दा आवश्यक कागजात नभेटिएपछि गाडीलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको हो। प्रहरीका अनुसार सो गाडीको अनुमानित मूल्य मात्रै ३० लाख रुपैयाँ छ।

त्यसैगरी, सोमबार विभिन्न स्थानमा गरिएको अपरेसनमा सशस्त्र प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याउन लागिएका करिब १५ लाख ६९ हजार रुपैयाँ बराबरका कपडा, बटर र सवारीसाधनका इन्जिन पार्टपुर्जासमेत बरामद गरेको छ।

sahani furniture udyog

वीरगञ्ज–१६ का विभिन्न नाकाबाट ल्याउँदै गरिएको करिब १ लाख ७० हजार रुपैयाँ मूल्यका समान तथा मदिरा पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक तथा प्रवक्ता कृष्णसिंह पुजाराले जानकारी दिनुभयो।

यस्तै, अलौबाट खटिएको टोलीले वीरगञ्ज–१९ वर्वाबाट ८७ हजार ४२० रुपैयाँ बराबरको भन्सार छली सामान बरामद गरेको छ भने छपकैयाबाट करिब ६३ हजार ९७० मूल्य पर्ने कपडा र किराना सामग्रीसमेत नियन्त्रणमा लिइएको छ। बरामद सबै सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.