मधेसवादी दलहरूको दोहोरो चरित्रले अधिकार रोकिएको छ : अध्यक्ष झा

0
Quantam abroad studies

काठमाडौँ ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा ले मधेसवादी दलहरूको दोहोरो चरित्रकै कारण मधेसले अपेक्षित अधिकार हासिल गर्न नसकेको आरोप लगाएका छन्।

उनका अनुसार, मधेसमा गएर ‘जय मधेस’ बोल्ने र काठमाडौँ आएर ‘सङ्घीय अभिवादन’ गर्ने नेताहरूको व्यवहारले मधेसको मुद्दा कमजोर बनेको छ। “प्रधानमन्त्रीसँग भेट्दा पूजा गर्ने तर मधेसमा पुगेपछि उल्टै भावनात्मक भाषण गर्ने प्रवृत्तिले मधेसलाई अधिकारबाट वञ्चित गरेको हो,” उनले टिप्पणी गरे।

अध्यक्ष झालाले मधेसका जनताले अब यस्तो दोहोरो चरित्र बोक्ने दललाई चिन्नुपर्ने समय आएको बताए। “यहाँ त कतिपय दलका नेताहरू सिंहदरबारदेखि बानेश्वर, विदेशी समुदायदेखि बालुवाटारसम्म एउटै कुरा भन्न नसक्ने, फरक–फरक भाषामा बोल्ने देखिन्छ,” उनले भने।

sahani furniture udyog

उनले थपे, “काठमाडौँमा शासकको खुट्टा पूज्ने अनि मधेसमा गएर अर्कै कुरा गर्ने दलहरूले मधेसलाई झनै पछि पारेका छन्।”

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.