कृष्णनगरमा बिरामीकाे लागी निःशुल्क बस सेवा सञ्चालनमा

0
Quantam abroad studies

कपिलवस्तु ।

मंगलवार बिहान सात बजेर तीस मिनेट। बहादुरगञ्जस्थित शिवराज अस्पतालको गेटमा निःशुल्क बस पार्क भएको दृश्य अब नियमित बन्नेछ। यो बसमा चढ्नेहरूले अब पैसाको चिन्ता बिना नै देबदह मेडिकल कलेज पुग्नेछन्।

यो केवल एउटा यातायात सुविधा मात्र होइन, धेरैका लागि जीवन बचाउने अवसर पनि बन्न सक्नेछ।

कृष्णनगर नगरपालिकाले नागरिकलाई स्वास्थ्य सेवा लिन सहज बनाउने उद्देश्यसहित निःशुल्क बस सेवा सञ्चालनमा ल्याउने भएको छ। नगरपालिकाकाे पहल र रुपन्देहीस्थित देबदह मेडिकल कलेजको सहकार्यमा यो सेवा आगामी भाद्र ३ गते, मंगलवारदेखि सुरु हुने बताइएको छ।

यस सेवा अन्तर्गत हरेक मंगलवार बिहान ७:३० बजे शिवराज अस्पताल, बहादुरगञ्ज–कपिलवस्तुबाट बस छुट्नेछ र सीधा देबदह मेडिकल कलेज पुग्नेछ। बस सेवा पूर्णत: निःशुल्क हुनेछ, जसबाट बिरामी मात्र होइन, उपचारका लागि उनीहरूका आफन्तलाई समेत सहज हुने छ ।

sahani furniture udyog

कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह भन्छन्—
“स्वास्थ्य सबै नागरिकको आधारभूत अधिकार हो। तर यातायात र खर्चकै कारण धेरैले उपचारमा ढिलाइ गर्ने वा छोड्ने अवस्था थियो। त्यसैले हामीले यो सेवा सुरु गरेका हौँ। यसले बिरामी मात्र होइन, उनका परिवारजनलाई पनि सजिलो बनाउनेछ।”

नगरपालिकाले देबदह मेडिकल कलेजसँग गरेको सहकार्य अनुसार, बिरामीहरूले स्वास्थ्य बीमा मार्फत उपचार गराउन सक्नेछन्। शिवराज अस्पतालको ओपिडी टिकटमार्फत चेकजाँचमा १५–२० प्रतिशतसम्म छुटको व्यवस्था पनि गरिएको छ। सानो भए पनि यो नियमित बस सेवाले स्वास्थ्य सुविधाप्रति नागरिकको पहुँच बढाउने नगरपालिकाको विश्वास छ।

नगरपालिकाले यस सेवालाई निरन्तरता दिने योजना बनाएको छ। प्रारम्भमा हप्तामा एक दिन सुरु भए पनि आगामी दिनमा विस्तार गर्ने तयारी भइरहेको बताइएको छ।

यो बसमा बस्ने यात्रुहरू केवल यात्रु होइनन्, उनीहरू आशा र जीवनप्रति भरोसा बोकेर अस्पताल पुग्ने बिरामी र उनीहरूका परिवार हुन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.