कति पटक प्रधानमन्त्री बन्ने भन्ने कुरा उठ्छ , जनताले भोट दिए मेरो सौभाग्य होः देउवा

0
Quantam abroad studies

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू पाँचपटक प्रधानमन्त्री बन्नुमा जनताको विश्वास, पार्टीका सांसद तथा अन्य दलहरूको सहयोग प्रमुख कारण रहेको बताएका छन्।

बुधबार काठमाडौंमा स्कुल अफ डेमोक्रेसीले दिवंगत नेता प्रदीप गिरिको स्मृतिमा आयोजना गरेको कार्यक्रममा देउवाले आफ्नो राजनीतिक यात्रा स्मरण गर्दै यस्तो बताएका हुन्।

उनले भने, “कति पटक प्रधानमन्त्री बन्ने भन्ने कुरा उठ्छ। तर, जनताले भोट दिए, पार्टीका साथी र अरू दलका सहयोगले सम्भव भयो। यो मेरो सौभाग्य हो।”

sahani furniture udyog

देउवाले प्रत्येक पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत प्रतिस्पर्धा गर्दा आफू कहिल्यै नहारेको पनि स्मरण गरे। उनले डडेलधुरामा आफूलाई हराउन विभिन्न दलका नेताले प्रयास गरे पनि अन्ततः जनताले विश्वास दिएको अनुभव सुनाए।

“जनता नै मालिक हुन्, जनताभन्दा ठूलो कोही हुँदैन,” भन्दै देउवाले राजनीतिक नेतृत्व गर्नेहरूलाई जनताको मन जित्ने काममा ध्यान दिन आग्रह गरे।

उनका अनुसार जनताले दिएको म्यान्डेट नै राजनीतिज्ञको शक्ति र अस्तित्वको आधार हो, र त्यसलाई जोगाउन सबैले जिम्मेवार भएर अघि बढ्नुपर्ने समय आएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.