लुम्बिनी प्रदेशका पहाड र तराईका केही स्थानमा मध्यमदेखि भारी वर्षाकाे सम्भावना

0
Quantam abroad studies

काठमाडौँ – देशका विभिन्न स्थानमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा मध्यमदेखि भारी वर्षा हुन सक्नेछ। तराईका केही स्थानमा पनि मध्यम पानी पर्ने सम्भावना छ। राति गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएको छ।

गएराति गण्डकी पश्चिमका केही स्थानमा भारी वर्षा भएको थियो। पछिल्ला १२ घण्टामा कास्की, गोरखा, रुपन्देही, पाल्पा, दाङ, रुकुमपूर्व, नवलपरासी, कपिलवस्तु, बाँके र रोल्पामा १०० मिलिमिटरभन्दा बढी पानी मापन गरिएको छ।

sahani furniture udyog

भारी वर्षासँगै ती स्थानका नदी–खोलामा बाढी आएको महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय रहेकाले आगामी केही दिन वर्षाको प्रभाव रहिरहने चेतावनी समेत दिइएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.