वीरगन्जमा हैजाको प्रकोप, ९३ जनामा पुष्टि

0
Quantam abroad studies

वीरगन्ज, भदौ ९ — वीरगन्जमा हैजाको प्रकोप फैलिँदै गएपछि स्थानीयवासी त्रसित भएका छन् । ‘पानी पिउँदा त केही होला जस्तो लागेन, तर अचानक पखाला सुरु भयो,’ वीरगन्ज–१२ का एक बिरामीले बताए । यस्तै समस्या लिएर नारायणी अस्पताल पुगेका उनी मात्रै होइनन्, अहिले सम्म विभिन्न अस्पतालमा ९३ जनामा हैजा पुष्टि भइसकेको छ ।

सबैभन्दा बढी सङ्क्रमित नारायणी अस्पताल र तराई अस्पतालमा देखिएका छन् । दुवै अस्पतालमा ३२–३२ जना बिरामीमा हैजा पुष्टि भएको छ । नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पताल, वीरगन्ज हेल्थ केयर र मङ्गलम प्याथोलोजीमा ३–३ जना, अली अर्था अस्पतालमा २ जना र अन्य निजी अस्पतालहरू– नारायणी सेन्ट्रल, एडभान्स मेडिकेयर, नेपाल इन्डो, नीलकण्ठ, मेडिसिटी वायोधा र सर्वोत्तममा १–१ जना सङ्क्रमित फेला परेका छन् ।

स्वास्थ्यकर्मीहरूका अनुसार प्रदूषित पानी र सरसफाइको कमी नै हैजाको प्रमुख कारण बनेको हो । एकैपटक सयौँमा संक्रमण फैलिएको देखिँदा महानगरपालिका र स्वास्थ्य निकायहरू सतर्क बनेका छन् । औषधि वितरणलाई तीव्रता दिइएको छ भने स्वच्छ पानी आपूर्ति र सरसफाइलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने माग उठेको छ ।

sahani furniture udyog

जनस्वास्थ्य विज्ञहरूले प्रदूषित पानी प्रयोग नगर्न, उमालेर मात्र पिउन, सरसफाइमा विशेष ध्यान दिन र शंका लाग्ने लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.