गुल्मीको रेसुङ्गा विमानस्थलमा डेढ महिनापछि पुनः उडान सुरु

0
Quantam abroad studies

गुल्मीको रेसुङ्गा विमानस्थलमा डेढ महिनापछि पुनः उडान सुरु भएको छ। मौसम प्रतिकूलताका कारण गत साउन १० गतेदेखि रोकिएका उडान नेपाल वायुसेवा निगमले शुक्रबारबाट नियमित गरेको हो।

विमानस्थल प्रमुख प्रशान्त गौतमका अनुसार अब हप्तामा चार दिन (आइतबार, मङ्गलबार, बिहीबार र शनिबार) उडान हुनेछन्। काठमाडौँबाट बिहान ६ः१० बजे र रेसुङ्गाबाट काठमाडौँका लागि बिहान ७ः१० बजे उडान हुने तालिका तय गरिएको छ।

sahani furniture udyog

काठमाडौँ–रेसुङ्गा विमान भाडा क्रमशः ७ हजार ३०० र ७ हजार ५०० रुपैयाँ तोकिएको छ।
३५ करोड रुपैयाँभन्दा बढी लागतमा बनेको यो विमानस्थल ५२० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्गसहित १५६ रोपनीमा फैलिएको छ।

रेसुङ्गा विमानस्थल सञ्चालनले गुल्मीलाई काठमाडौँसँग जोड्नुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.