कपिलवस्तुका ८ पालिकामा शुक्रबार स्थानीय बिदा

0
Quantam abroad studies

कपिलवस्तु । इस्लाम धर्मका प्रवर्तक तथा मुस्लिम धर्मावलम्बीका अगुवा पैगम्बर मोहम्मदको जन्मोत्सवको अवसरमा कपिलवस्तु जिल्लाका आठवटा स्थानीय तहले शुक्रबार (भदौ २० गते) सार्वजनिक बिदा दिने घोषणा गरेका छन् ।

कपिलवस्तु जिल्लामा मुस्लिम समुदाय दोस्रो ठूलो जनसंख्या भएको समुदाय हो । यही विशेषताका कारण यहाँका पालिकाहरूले मुस्लिम धर्मावलम्बीहरूको धार्मिक आस्थाप्रति सम्मान व्यक्त गर्दै स्थानीय बिदा दिने निर्णय गरेका हुन् ।

कपिलवस्तु जिल्लाभित्र रहेका ४ नगरपालिका — महाराजगंज, कपिलवस्तु, शिवराज र कृष्णनगर — तथा ४ गाउँपालिका — मायादेवी, सुद्धोधन, बिजयनगर र यशोधरा — ले सूचना प्रकाशित गर्दै सो अवसरमा शुक्रबार एक दिनका लागि कार्यालय सञ्चालन नहुने जनाएका छन् ।

sahani furniture udyog

सूचनामा भनिएको छ, आकस्मिक प्रकृतिका सेवा बाहेक वडा कार्यालयदेखि नगर र गाउँपालिकाका सम्पूर्ण कार्यालय तथा सेवाहरू शुक्रबार बन्द रहनेछन् । यसले कार्यालयका सामान्य प्रशासनिक तथा सेवा सम्बन्धी काम अस्थायी रूपमा रोकिए पनि, जनस्वास्थ्य, सरसफाइ र सुरक्षा जस्ता आकस्मिक सेवाहरू भने निरन्तर रहने जनाइएको छ ।

धार्मिक सहिष्णुता र विविधतापूर्ण सांस्कृतिक परम्परा रहेको कपिलवस्तुमा विगतमा पनि मुस्लिम समुदायका विशेष पर्व तथा अवसरमा यस्तै किसिमका स्थानीय बिदा दिइँदै आएको छ । यसले सामाजिक सद्भाव र आपसी सम्मानलाई अझ मजबुत बनाउन योगदान गर्ने विश्वास गरिएको छ ।

यस वर्ष मुस्लिम समुदायले पैगम्बर मोहम्मदको जन्मोत्सव विशेष कार्यक्रम र धार्मिक सभामार्फत मनाउने तयारी गरेका छन् । जिल्लाभित्र विभिन्न ठाउँमा मस्जिद तथा सामुदायिक स्थलमा कुरान वाचन, प्रार्थना र सामूहिक कार्यक्रमहरू आयोजना हुने जनाइएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.