
बुटवल । लुम्बिनी प्रदेशमा यस वर्ष पहिलो पटक निजामती सेवा दिवस विशेष कार्यक्रमसहित मनाइने भएको छ । प्रदेश सरकारले भदौ २०, २१ र २२ गते तीन दिनसम्म विविध कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।
कार्यक्रमबारे जानकारी दिंदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव रामप्रसाद भट्टराईले रक्तदानदेखि लेकरि खेलकुद, अन्तरक्रिया, सांस्कृतिक प्रस्तुती र रोड रेससम्मका गतिविधि सञ्चालन हुने बताए ।
भदौ २० (पहिलो दिन):
- बिहान लुम्बिनी हलमा रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम हुनेछ ।
- दिउँसो १ बजे ‘संघीयता कार्यान्वयनमा प्रदेश निजामती सेवाका अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।
भदौ २१ (दोस्रो दिन):

- बिहान ७ बजे वृक्षरोपण र बिहान ८ बजे सरसफाइ अभियान सञ्चालन गरिनेछ ।
- बिहान ११ बजे बुद्धिचाल प्रतियोगिता हुनेछ ।
- दिउँसो ४ बजे म्यूजिकल चेयर र बेलुकी ५ बजे निजामती कर्मचारी तथा प्रदेशसभा सदस्यबीच मैत्रीपूर्ण भलिबल खेल हुनेछ ।
भदौ २२ (तेस्रो दिन):
- बिहान ६ बजे १० किलोमिटर लामो रोड रेस हुनेछ । यो रेस श्रीनारायण चोकबाट सुरु भई भानपुर चोक हुँदै ज्ञानोदय माध्यमिक विद्यालयमा पुगेर सम्पन्न हुनेछ ।
- बिहान १० बजे सांस्कृतिक झाँकी र व्याण्डबाजासहित प्रभातफेरी आयोजना हुनेछ ।
- बिहान ११ बजे कर्मचारीको प्रतिभा प्रस्तुतीकरणसहित प्रदेश निजामती सेवा दिवसको मूल समारोह हुनेछ ।
कार्यक्रमले प्रदेशस्तरीय कर्मचारीबीच आपसी एकता, सामाजिक उत्तरदायित्व र सेवाप्रति समर्पणलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ ।
