सामान्यतया अन्त्य हुने समयमै मनसुन सक्रिय, बाढीको सम्भावना उच्च

0
Quantam abroad studies

काठमाडौँ । साधारणतया असोज १५ भित्र नेपालबाट मनसुनको बहिर्गमन हुने अनुमान गरिँदै आए पनि यसवर्ष अहिलेसम्म मनसुन सक्रिय नै छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल दक्षिण एसियाली मनसुन प्रणाली अझै प्रभावकारी बन्दै गएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल न्यून चापीय रेखा सरदर स्थान नजिकै रहेकाले र अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको आपूर्ति भइरहेकोले मनसुन अझै बलियो देखिएको हो। उनले भने, “सामान्यतया अक्टोबर २ मा मनसुन अन्त्य हुन्छ, तर कहिलेकाहीँ केही दिन लम्बिन सक्छ। यस वर्ष समयमै बहिर्गमन हुन्छ वा हुँदैन, भन्न अहिले निश्चित छैन।”

आज (बिहीबार) देशभर सामान्य बदली रहने र बागमती, लुम्बिनीसहितका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनीको तराईमा भने एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।

sahani furniture udyog

मौसमसँगै बाढी जोखिम पनि बढेको विभागका अनुसार दोलखा, सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही, नवलपरासी (पूर्व–पश्चिम), डोटी, कैलालीलगायतका जिल्लामा बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने सम्भावना छ। उनले ती क्षेत्रका बासिन्दालाई आकस्मिक बाढीको उच्च जोखिम रहेकाले सतर्क रहन आग्रह गरे।

यस्तै, इलाम, झापा, मोरङदेखि कञ्चनपुर, बैतडी र दार्चुलासम्मका जिल्लामा रहेका केही नदीहरूमा समेत आकस्मिक बाढीको मध्यम जोखिम रहने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन विभागले विशेष अनुरोध गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.