सिके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग

0
Quantam abroad studies

काठमाडौँ । जनमत पार्टीभित्र आन्तरिक असन्तुष्टि तीव्र बन्दै गएको छ। पार्टीका शीर्ष नेताहरूले अध्यक्ष डा. सिके राउत र संगठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका छन्।

पार्टीका उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा बुधबार ६ जना नेताले संयुक्त रूपमा हस्ताक्षर गरेर उक्त माग सार्वजनिक गरेका हुन्। उनीहरूले पार्टी नेतृत्वमा देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव र जनभावनासँग बाझिने गतिविधिका कारण संगठनले आफ्नो मूल उद्देश्यअनुसार अघि बढ्न नसकेको बताएका छन्।

sahani furniture udyog

राजीनामा माग गर्ने नेताहरूमा केन्द्रीय प्रवक्ता डा. शरतसिंह भण्डारी, जनमत युवा सङ्घका संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी सङ्घका संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बम रहेका छन्।

पार्टी गठनको सुरुवाती चरणमा जनताको अथक प्रयास र विश्वासका आधारमा बनेको जनमत पार्टी अहिले नेतृत्वगत विवादमा फसेको देखिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.