कपिलवस्तुमा बस अनियन्त्रित भई दुर्घटना हुँदा १० जना घाइते

0
Quantam abroad studies

कपिलवस्तु — पूर्व–पश्चिम राजमार्गको उमरिचोक खण्डमा बुधबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। काठमाडौँबाट नेपालगन्जतर्फ गइरहेको ग १ ख ९७०० नम्बरको बस अनियन्त्रित भई सडकको बायाँपट्टि पल्टिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकाले जानकारी दिएकाे छ।

प्रहरीका अनुसार बसमा ३५ जना यात्रु सवार थिए। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको र उनीहरूलाई तत्कालै चन्द्रौटास्थित सञ्जिवनी अस्पतालमा उपचारका लागि लगिएको छ। बस किन अनियन्त्रित भयो भन्ने कारण भने स्पष्ट हुन बाँकी छ।

sahani furniture udyog

स्थानीयवासीले दुर्घटनापछि उद्धार कार्यमा सहयोग गरेका थिए। प्रहरीका अनुसार बस पल्टिँदा राजमार्गको आवागमन केही समय प्रभावित भएको थियो। हाल सडक खुलाइएको भए पनि विस्तृत विवरण र दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.