कपिलवस्तुमा एमाले निकट अनेरास्ववियूद्वारा बालेन शाह र सुदन गुरुङविरुद्ध जाहेरी

0
Quantam abroad studies

कपिलवस्तु । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) कपिलवस्तुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हाम्रो नेपाल’ का अध्यक्ष सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दर्ता गरेको छ।

अनेरास्ववियु कपिलवस्तुका अध्यक्ष पारस मरासिनीको नेतृत्वमा गएको विद्यार्थी टोलीले प्रहरी उपरीक्षक सन्तोष आचार्यलाई औपचारिक रूपमा जाहेरी बुझाएको हो।

पार्टी निकट विद्यार्थी संगठनले नेतामाथि सार्वजनिक अभिव्यक्तिहरू र सामाजिक सञ्जालमा गरेको गतिविधिबाट राज्यविरुद्ध उत्तेजना फैलाउने प्रयास भएको आरोप लगाएको छ।

sahani furniture udyog

देशभरका विभिन्न जिल्लामा एमाले निकट अनेरास्ववियुले यस्तै प्रकृतिका जाहेरी दर्ता गर्ने अभियान चलाइरहेको जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.