
काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा रेमिट्यान्स ३३.१ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैँकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।
गत आवको सोही अवधिमा २ खर्ब ६४ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १५.८ प्रतिशतले बढेको थियो।२०८२ भदौ महिनामा मात्रै रेमिट्यान्स १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ भित्रिएको छ।अघिल्लो वर्षको सोही महिनामा रेमिट्यान्स १ खर्ब २७ अर्ब ९९ करोड थियो ।यी दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ रहेको थियो।

