कपिलवस्तुमा १५ हजार ६ सय ७ नयाँ मतदाता थप

0
Quantam abroad studies

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तुमा मतदाता संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। कपिलवस्तु जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी निश्चल मोक्तानका अनुसार पछिल्लो अद्यावधिक प्रक्रियामा १५ हजार ६ सय ७ जना नयाँ मतदाता थपिएका छन्।

मोक्तानका अनुसार यसपटक कार्यालयमा प्रत्यक्ष पुगेर नाम दर्ता गराउनेभन्दा राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराउनेको संख्या बढी थियो।

निर्वाचन कार्यालयका तथ्यांकअनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तुमा ३ लाख ८१ हजार ३ सय ७७ मतदाता थिए। नवीन दर्ता र अद्यावधिक भएपछि हाल मतदाता संख्या ३ लाख ९६ हजार ९ सय ८५ पुगेको कार्यालयले जनाएको छ।

sahani furniture udyog

मतदाता संख्या बढेसँगै निर्वाचन तयारी तीव्र बनाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.