
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन–मंसिर) मा मुलुकले १५ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको धानचामल आयात गरेको छ। भन्सार विभागका अनुसार यस अवधिमा करिब ३ लाख २ हजार टन धानचामल नेपाल भित्रिएको हो।
यसमा ६ अर्ब ८८ करोड रुपैयाँको धान र ८ अर्ब ५५ करोड रुपैयाँको चामल आयात भएको छ। गत आवको सोही अवधिको तुलनामा धानचामल आयात अझै बढेको देखिन्छ।

