एक वर्षमा ५८३ नेपाली अमेरिका बाट डिपोर्ट

0
Quantam abroad studies

काठमाडौं । डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेपछिको एक वर्षमा अमेरिकाले ५८३ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। ट्रम्पले सन् २०२५ जनवरी २० मा शपथ लिएयता २०२६ जनवरी २० सम्मको अवधिमा विभिन्न आरोपमा नेपालीहरूलाई अमेरिका बाट निष्कासन गरिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अधिकृत अनुज भण्डारीका अनुसार डिपोर्ट भएका अधिकांश नेपालीलाई चाटर्ड विमानमार्फत काठमाडौं ल्याइएको छ। पछिल्लो पटक माघ ५ गते मात्रै एकैदिन ९१ जना नेपाली डिपोर्ट भई नेपाल आइपुगेका थिए, जुन अहिलेसम्मकै ठूलो संख्या हो।

यसअघि पनि पुस ३ गते ७५ जना, ०८२ भदौ १९ र जेठ २५ गते एकैदिन ३७–३७ जना नेपालीलाई अमेरिका बाट निष्कासन गरी पठाइएको थियो।

sahani furniture udyog

अवैध बाटोबाट अमेरिका प्रवेश गरेको, भिसा बिना बसेको वा कानुनी आधार स्थापित नगरेको आरोपमा नेपालीहरू डिपोर्टमा पर्ने गरेका छन्। काठमाडौं आइपुगेपछि उनीहरूलाई प्रहरीले सोधपुछ गर्दै मानव तस्करीसम्बन्धी सूचना संकलन गर्ने गरेको छ।

ट्रम्पले चुनावी अभियानमै आप्रवासीमाथि कडाइ गर्ने घोषणा गरेका थिए। शपथ लगत्तै जारी कार्यकारी आदेशपछि डिपोर्टको संख्या बढेको देखिएको छ। सन् २०२४ मा अमेरिकाले केवल ३५ जना नेपालीलाई डिपोर्ट गरेको थियो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.