कपिलवस्तुमा उम्मेदवारविरुद्ध उजुरी शून्य, ९८ जनाको मनोनयन दर्ता

0
Quantam abroad studies

कपिलवस्तु । मंगलबार उम्मेदवारी दर्ता गराएका कुनै पनि उम्मेदवारका विरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ। उम्मेदवारविरुद्ध उजुरी दिने समयसीमा बुधबार दिउँसो ३ बजेसम्म तोकिए पनि सो अवधिभित्र एक पनि औपचारिक उजुरी दर्ता नभएको जनाइएको छ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत अनन्तराज मरासिनीका अनुसार जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका कुनै पनि उम्मेदवारविरुद्ध दाबी–उजुरी नआएको हो। यससँगै प्रारम्भिक चरण शान्त र सहज रूपमा सम्पन्न भएको निर्वाचन कार्यालयको भनाइ छ।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कपिलवस्तु जिल्लाबाट कुल ९८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन क्षेत्र नम्बर १ बाट दलका १९ जना र १५ जना स्वतन्त्र गरी ३४ जनाले मनोनयन दर्ता गरेका छन्। निर्वाचन क्षेत्र नम्बर २ मा दलका १७ जना र ११ जना स्वतन्त्र गरी २८ जनाको उम्मेदवारी परेको छ।

sahani furniture udyog

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ बाट दलका १३ जना र २३ जना स्वतन्त्र गरी कुल ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य देखिएको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन कार्यतालिकाअनुसार अब उम्मेदवारको नामावली प्रकाशन, दाबी–विरोध प्रक्रिया र अन्तिम नामावली सार्वजनिक गर्ने चरण अघि बढाइने मुख्य निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.