वरिष्ठ उपाध्यक्षले भारतीय टायल प्रयोग गरि नेपाली बिल पेश गरि भ्रस्टचार गरेको आरोप

0
Quantam abroad studies

कपिलवस्तु — कृष्णानगर उद्योग वाणिज्य संघको भवनमा भैरहेको रिनोभेसनको काममा आर्थिक अनियमितता भएको आरोप सार्वजनिक भएको छ। भवन रिनोभेसनमा कमसल सामग्री प्रयोग गरिएको तथा नक्कली भ्याट बिलमार्फत भुक्तानी लिन खोजिएको दाबी गर्दै सरोकारवालाहरूले निष्पक्ष छानबिनको माग गरेका छन्।

संघले भवन रिनोभेसनका लागि गठन गरेको समितिको अध्यक्ष संघकै वरिष्ठ उपाध्यक्ष नसरुल्लाह खान रहेका छन्। कृष्णानगर नगरपालिकाबाट विनियोजित १० लाख रुपैयाँ बजेट दुरुपयोग भएको आरोपसमेत लगाइएको छ। संघकै एक पदाधिकारीले परिचय गोप्य राख्ने सर्तमा सुरुदेखि नै बजेटमा चलखेल भएको दाबी गरेका छन्।

स्रोतका अनुसार भारतबाट तेस्रो र चौथो दर्जाको कम गुणस्तरको टायल ल्याई भवनमा प्रयोग गरिएको बताइएको छ। भुक्तानी प्रक्रियामा ” ओमनी टायल्स सेनिटरी एन्ड पावर टुल्स” नामक फर्मको बिल नम्बर १९० प्रयोग गरी नक्कली भ्याट बिल तयार गरिएको आरोप पनि सार्वजनिक भएको छ।

sahani furniture udyog

यस विषयमा संघका अध्यक्ष रितेश शर्माले सामाजिक सञ्जालमार्फत भवन रिनोभेसनमा देखिएका अनियमितताबारे संकेत गरेका छन्। नगरपालिका इन्जिनियरहरूको रेखदेखमा भइरहेको निर्माण कार्यमा कसरी यस्तो अनियमितता भयो भन्ने प्रश्न उठाइएको छ। साथै, निर्माण समितिका अध्यक्षले केही कर्मचारीलाई प्रभावमा पारी अनियमितता गरेको आरोपसमेत लागेको छ।

आरोपबारे सम्बन्धित पक्षको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। स्थानीय व्यवसायी तथा नागरिक समाजले पारदर्शी र निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.