प्राचीन महोत्सव वा आधुनिक धन्धा ?

0
Quantam abroad studies

निरिह नागरिक र मौन बौद्धिक समाज

कपिलवस्तु — कपिलवस्तुमा १०औँ “प्राचीन महोत्सव” आयोजना भएको ६ दिन बितिसकेको छ। उक्त महोत्सव कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोग तथा तौलिहवा उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भइरहेको छ।

तर महोत्सवको नामअनुसार गतिविधि नभएको भन्दै सर्वसाधारणबाट गुनासो बढ्दो छ। नेपाली करदाताको रकम प्रयोग गरेर विदेशी संरचनाको प्रचार–प्रसार गरिएको देख्दा धेरै राष्ट्रवादी तथा बौद्धिक वर्गले असन्तुष्टि व्यक्त गरेका छन्। महँगो टिकट र सेवाका कारण निम्न आय वर्ग सहभागी हुन नसक्ने अवस्था देखिँदा यसले पूँजीवादी झल्को दिएको टिप्पणी समेत भइरहेको छ।

महोत्सवका मुख्य आकर्षणका रूपमा London Bridge र Eiffel Tower का प्रतिरूप, खुला जुवा, अश्लील गीत–नृत्य तथा गुटखा–सुर्तीजन्य पदार्थको खुला बिक्री रहेको आरोप उठेको छ। महँगा झुला र खानपानले सामाजिक सन्देश बोकेको गीत गरिबकोचमेली बोलिदिने कोही छैन लाई व्यंग्य गरेको जस्तो देखिएको आलोचना पनि सुनिएको छ।

महोत्सवको मूल उद्देश्य स्थानीय उद्योग, हस्तकला, कला र पर्यटन प्रवर्द्धन हुनु पर्ने भए पनि त्यसको विपरीत गतिविधि बढी देखिएको गुनासो छ। अझ नेपाली करको पैसाबाट भारतीय कलाकार अम्रपाली दुबे लाई बोलाउने तयारी भइरहेको चर्चा बजारमा तातेको छ। यसको सत्यता आयोजकलाई नै थाहा भए पनि करको पैसाले विदेशी कलाकार बोलाउनु दुर्भाग्यपूर्ण हुने टिप्पणी भइरहेको छ।

sahani furniture udyog

यसरी करको सम्भावित दुरुपयोग र विवादास्पद गतिविधि भइरहँदा पनि नागरिक समाज, पत्रकार तथा बौद्धिक वर्ग मौन बस्नु ठूलो विडम्बना भएको आवाज उठिरहेको छ। साथै, यस्ता कार्यक्रमका लागि कपिलवस्तु नगरपालिकाबाट बजेट विनियोजन हुनु नीतिगत भ्रष्टाचारको संकेत भएको आरोप समेत लागेको छ।

महोत्सवको अर्को विरोधाभासपूर्ण पक्ष पनि चर्चामा छ—स्थानीय रामघाट मेलामा सामान्य ‘लक्की सेवन’ खेल प्रशासनले रोक्छ, तर महोत्सवमा खुला रूपमा जुवा सञ्चालन भइरहेको देखिन्छ। बाहिर होटलमा गुटखा राख्नु अपराध मानिने भए पनि महोत्सवभित्र त्यही गुटखा खुला रूपमा बिक्री भइरहेको आरोप छ।

महोत्सवले स्थानीय व्यापारी, उद्योगी, हस्तकला, कृषि, पर्यटन, कलाकार तथा स्थानीय भाषा–भेषभूषाको अपेक्षित सम्मान गर्न नसकेको आरोपका बीच नगरपालिकाबाट बजेट उपलब्ध गराइनु र समाजको मौनता—दुवैले हाम्रो सामाजिक अवस्था र दिशाबारे गम्भीर प्रश्न उठाएको छ।

यस्तै, महोत्सवमा पुगेका एक युवाले “८० रुपैयाँमा लण्डन हुँदै फ्रान्स पुगेँ” भन्दै व्यंग्य गरेका थिए। जुवाको भिडियो बनाउँदा आयोजक पक्षले पत्रकारको सहयोगी मा गएकाको मोबाइल खोस्ने प्रयास गरेको आरोप पनि सार्वजनिक भएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.