समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

0
Quantam abroad studies

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्ने प्रक्रिया सुरु गरेको छ। पहिलो चरणमा आज १० वटा सहकारीका ठूला ऋणीहरूको विवरण सार्वजनिक गरिएको समितिले जनाएको छ।

समितिका अनुसार अब अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम पनि क्रमशः सार्वजनिक गरिनेछ। समितिले जारी गरेको सूचनामा सम्बन्धित ऋणीलाई तत्काल सम्पर्कमा आई बाँकी ऋण चुक्ता गर्न आग्रह गरिएको छ।

समितिले चेतावनी दिँदै भनेको छ— समयमै ऋण नतिरे कानुनअनुसार असुली प्रक्रिया अघि बढाइनेछ। साथै हाल नाम सार्वजनिक नभएका अन्य ऋणीहरूलाई समेत यथाशीघ्र कार्यालयमा सम्पर्क गरी दायित्व पूरा गर्न आग्रह गरिएको छ।

आज सार्वजनिक गरिएका सहकारीहरूमा:

sahani furniture udyog
  • घेदुङ बहुउद्देश्यीय सहकारी
  • हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी
  • तपाई हाम्रो बहुउद्देश्यीय सहकारी
  • नागरिक कल्याण बहुउद्देश्यीय सहकारी
  • आइडियल यमुना बहुउद्देश्यीय सहकारी
  • तुलसी बहुउद्देश्यीय सहकारी
  • नेपाल वित्तीय सहकारी
  • ओरियन्टल कोअपरेटिभ सहकारी
  • गौतम श्री सहकारी
  • नेपाल सहकारी वित्तीय

समावेश रहेका छन्।

हाल सहकारी क्षेत्रमा बचतकर्ताको रकम फिर्ता नहुने समस्या बढिरहेका बेला सरकारले ठूला ऋणीमाथि कडाइ सुरु गरेको संकेतका रूपमा यस कदमलाई हेरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.