नेपालमा यस वर्षको मनसुन कमजोर हुने प्रक्षेपण, गर्मी बढी हुने

0
Quantam abroad studies

जल तथा मौसम विज्ञान विभाग ले यस वर्षको मनसुनमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। विभागका अनुसार आगामी जेठ १८ देखि असोज १४ सम्म रहने मनसुन अवधिमा तापक्रम भने देशभर सरदरभन्दा बढी रहने सम्भावना छ।

मौसमविद् सुदर्शन हुमागाईँ का अनुसार लुम्बिनी, मधेस, कोशी र कर्णालीका धेरै क्षेत्रमा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ। यस्तै सुदूरपश्चिमका केही क्षेत्रमा भने औसतभन्दा बढी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

विभागले एल–निनो, इन्डियन ओसन डाइपोल (आइओडी), हिमपात र अन्तर्राष्ट्रिय जलवायु मोडेलको अध्ययनका आधारमा मनसुनको आकलन गरेको जनाएको छ। हाल एल–निनो तटस्थ भए पनि सक्रिय हुने संकेत देखिएको छ।

sahani furniture udyog

गत वर्ष मनसुन औसतभन्दा १५ दिन चाँडो भित्रिएको र ८ दिन ढिलो बाहिरिएको थियो। तर अपेक्षाअनुसार वर्षा हुन नसक्दा विशेषगरी कोशी र मधेस प्रदेशमा खडेरी परेर धान उत्पादनमा असर परेको कृषि मन्त्रालयले जनाएको छ।

सुजन सुवेदी ले नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत हिस्सा मनसुनमै पर्ने भएकाले पूर्वानुमानलाई अझ विश्वसनीय बनाउनुपर्ने बताए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी ले जलवायु परिवर्तनका कारण बाढी, पहिरो, अतिवृष्टि र हिमताल विस्फोटजस्ता जोखिम बढ्दै गएको भन्दै मौसम पूर्वानुमान प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.