विद्यालय भवन एनजिओको प्रयोगमा, लिखित सम्झौता छैन

0
Quantam abroad studies

कपिलवस्तु । शिवराज नगरपालिका–११, बनकट्टीमा विद्यालय समायोजनपछि रिक्त रहेको ८ कोठे सरकारी विद्यालय भवन गैरसरकारी संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रले प्रयोग गरिरहेको पाइएको छ।

करिब ५ कट्ठा जग्गासहितको उक्त भवन संस्थाले वैशाखदेखि ‘स्थानीय अधिकार कार्यक्रम’को परियोजना कार्यालयका रूपमा प्रयोग गर्दै आएको हो। भवन प्रयोगका लागि नगरपालिका र संस्थाबीच कुनै लिखित सम्झौता वा औपचारिक निर्णय नभएको नगरपालिकाका शिक्षा तथा सामाजिक शाखा प्रमुख पूर्ण विश्वकर्माले स्वीकार गरेका छन्।

sahani furniture udyog

विश्वकर्माले समुदाय र वडाको सिफारिसमा व्यावहारिक रूपमा भवन प्रयोग गर्न दिइएको बताएका छन्। यता सिद्धार्थ सामाजिक विकास केन्द्रले भने नगरपालिका र वडाको सहमतिमै भवन प्रयोग गरिएको दाबी गरेको छ।

सरकारी सम्पत्ति लिखित सम्झौता वा औपचारिक निर्णयबिनै गैरसरकारी संस्थालाई प्रयोग गर्न दिइएको विषयमा स्थानीयले प्रश्न उठाएका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.