नेपाल सि.एम.ए. संघ कपिलवस्तुको अध्यक्षमा मुसलमान निर्वाचित

0
Quantam abroad studies


कपिलवस्तु । नेपाल सि.एम.ए. संघ कपिलवस्तुको २३औँ स्थापना दिवस तथा जिल्ला अधिवेशन तौलिहवामा सम्पन्न भएको छ । अधिवेशनले हकिकुल्लाह मुसलमानको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।


तौलिहवास्थित निर्माण व्यवसायी संघको सभाहलमा बिहीबार सम्पन्न अधिवेशनमा संघको सांगठनिक गतिविधि, सि.एम.ए. पेशाको विकास तथा स्वास्थ्य क्षेत्रमा सि.एम.ए.हरूको भूमिकालगायतका विषयमा छलफल गरिएको थियो ।


अधिवेशनबाट संघको उपाध्यक्षमा रुपा अर्याल, सचिवमा मेहेन्दी हुसन मुसलमान र कोषाध्यक्षमा सुधिर रैदास चयन हुनुभएको छ ।


यस्तै, सदस्यहरूमा अब्जल हुसेन मुसलमान, बाबुराम चौधरी, सुभाष चमार, ओमप्रकाश यादव, कृष्ण थारु, अफजल हुसेन, नन्दकिशोर कुर्मी र लवकुश कुर्मी चयन हुनुभएको संघका सल्लाहकार हरिशरण गौतमले जानकारी दिनुभयो ।

sahani furniture udyog


कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा जिल्लामा कार्यरत सि.एम.ए.हरूको सहभागिता रहेको थियो । अधिवेशनले संघको आगामी कार्यदिशा तथा पेशागत हितका विषयमा समेत निर्णय गरेको आयोजकले जनाएको छ ।


कार्यक्रम संघका निवर्तमान अध्यक्ष रामबहादुर भरको अध्यक्षता तथा नेपाल सि.एम.ए. संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा औषधी व्यवसायी संघ कपिलवस्तुका जिल्ला अध्यक्ष मानुल्लाह खान विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रमको सञ्चालन संघका सल्लाहकार हरिशरण गौतमले गर्नुभएको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.