क्षेत्रीय अधिवेशन चल्दै गर्दा कांग्रेसको महाधिवेशनको मिति सार्ने तयारी

0
Quantam abroad studies


काठमाडौं, असोज १३

नेपाली कांग्रेसले १५औं महाधिवेशनअन्तर्गत अहिले क्षेत्रीय अधिवेशन धमाधम भइरहेको छ । मंगलबार ६० भन्दा बढी जिल्लामा अधिवेशन जारी छ । 


क्षेत्रीय अधिवेशन चल्दै गर्दा कांग्रेसमा १५औं महाधिवेशनको नयाँ मिति टुंगो लगाउने तयारी भइरहेको छ । केन्द्रीय कार्यालयको टिमको अनौपचारिक बैठक बसेर नयाँ मिति टुंगो लगाउने एक पदाधिकारीले जानकारी दिए । कांग्रेसले १५ औं महाधिवेशनको मिति यसअघि असोज १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको थियो । त्यसका लागि विभिन्न राजनीतिक दलका नेताहरुलाई निम्तो पठाइसकिएको छ । तर असोज ८ गतेदेखि ११ गतेसम्मको अविरल वर्षासँगैको बाढीपहिरोले तल्ला तहका अधिवेशन प्रभावित भएपछि महाधिवेशन केही दिन पछि सार्ने तयारी गरिएको हो ।

sahani furniture udyog


दशैं, तिहार, छठ जस्ता ठूला चाडपर्वहरु नजिकिइसकेकाले त्यसभन्दा अघि गर्ने कि पछि भन्ने निर्णय आज टुंगो लाग्ने कांग्रेस संस्थापन पक्षका नेताहरु बताउँछन् ।स्रोतका अनुसार शेरबहादुर देउवा पक्षलाई पनि समेट्ने गरी कम्तीमा एक महिनापछि महाधिवेशनको मिति सार्ने कि असोज १९ गते उद्घाटन गर्ने गरी नयाँ मिति राख्ने भन्नेमा छलफल जारी छ ।

देउवा समूहले पनि आगामी मंसिरमा छुट्टै १५औं महाधिवेशन गर्ने भन्दै तयारी थालेको छ । सकेसम्म देउवा समूहलाई पनि एकताको महाधिवेशनमा ल्याउन सभापति गगन थापाले परामर्श थालेका छन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.