कांग्रेस १५औँ महाधिवेशन उद्घाटनका लागि देउवालाई निमन्त्रणा

0
Quantam abroad studies

काठमाडौं, असोज १८

नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन निवर्तमान सभापति शेरबहादुर देउवालाई औपचारिक निमन्त्रणा दिएको छ।


महाधिवेशनको उद्घाटन समारोहमा अतिथिका रूपमा सहभागी हुन आग्रह गर्दै सभापति गगन थापाको हस्ताक्षरसहितको निमन्त्रणा पत्र देउवा निवासमा पठाइएको हो। शनिबार कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीसहितका नेताहरू देउवालाई भेट्न उहाँको महाराजगञ्जस्थित निवास पुगेका थिए। तर, देउवासँग प्रत्यक्ष भेट नभएपछि नेताहरूले निमन्त्रणा पत्र निवासमै छाडेर फर्किएका छन्।

sahani furniture udyog


‘उहाँ निवासमा भेटिनुभएन, त्यसैले निमन्त्रणा पत्र छाडेर आएका छौँ,’ सहमहामन्त्री चौधरीले भने, ‘उहाँ महाधिवेशनको उद्घाटन समारोहमा आउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ।’


नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (असोज १८) देखि असोज २२ गतेसम्म काठमाडौँमा सञ्चालन हुँदैछ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.