जसपाका चार नेताले छाडे उपेन्द्र यादवकाे साथ, ‘हुंकार मधेश’ अभियानमा जाेडिए

0
Quantam abroad studies


रौतहट, असोज १८

जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना नेताले पार्टीको जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका छन्।


पूर्वसंघीय सांसद तथा शहीद परिवारकी सदस्य इन्दुकुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमनले आइतबार राजीनामा दिएका हुन्। राजीनामा दिने नेताहरूले आफूहरू अब कुनै दलगत जिम्मेवारीमा नरही पूर्णकालिक रूपमा ‘हुंकार मधेश’ अभियानमा सक्रिय हुने बताएका छन्।

sahani furniture udyog


उनीहरूको यो निर्णयलाई पछिल्लो समय मधेशमा वैकल्पिक राजनीतिक अभियान र संगठन निर्माणको बहस तीव्र बन्दै गएको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ। जसपाबाट चार नेताको एकैपटक बाहिरिनुले पार्टीभित्रको असन्तुष्टि मात्र होइन, मधेश केन्द्रित नयाँ राजनीतिक धारप्रतिको आकर्षणसमेत संकेत गरेको देखिन्छ।


‘हुंकार मधेश’ अभियानको औपचारिक घोषणा २०८३ असोज ९ गते गरिएको थियो। अभियानले मधेशका मुद्दा, अधिकार र जनसरोकारका विषयलाई केन्द्रमा राख्दै छिट्टै सयदिने ‘मेची–महाकाली हुलाकी पुनर्जागरण यात्रा’ सुरु गर्ने घोषणा गरिसकेको छ।
विशेषगरी पूर्वसांसद, अनुभवी राजनीतिक कार्यकर्ता, कानुन व्यवसायी र युवा नेतृत्व एउटै अभियानमा संगठित हुनुले ‘हुंकार मधेश’ लाई केवल अभियानमा सीमित नराखी दीर्घकालीन राजनीतिक विकल्पका रूपमा विकास गर्ने प्रयास भइरहेको संकेत गरेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.