नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिदैँ

0
Quantam abroad studies

काठमाडौं , असोज ३०

बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक मान्यता अनुसार उनी महर्षि कात्यायनकी पुत्री हुन् ।

sahani furniture udyog


पौराणिक कथाअनुसार कत नामक महर्षिबाट उत्पन्न कात्याय ऋषिले भगवती दुर्गालाई आफ्नी पुत्रीको रूपमा प्राप्त गर्न वर्षौंसम्म कठोर तपस्या गरेका थिए। ऋषिको तपस्याबाट प्रसन्न भई देवीले तिनै महर्षि कात्यायनको पुत्रीको रूपमा जन्म लिइन्। यसै कारण उनको नाम ‘कात्यायनी’ रहन गएको हो। देवगणलाई महिषासुर नामक दानवको अत्याचारबाट मुक्त गर्न देवी कात्यायनीले सिंहमा सवार भई विभिन्न शस्त्र अस्त्रसहित प्रकट भएर उसका सेनापतिहरू र अन्त्यमा महिषासुरको वध गरेको पौराणिक ग्रन्थहरूमा उल्लेख छ।
 
माता कात्यायनीलाई साहस, शक्ति, धर्मको रक्षा र अन्यायमाथि विजय प्राप्त गर्ने देवीका रूपमा श्रद्धापूर्वक पुजिन्छ। धार्मिक विश्वासअनुसार उनको आराधनाले भक्तहरूमा आत्मबल, धैर्य र सङ्कल्प शक्तिमा वृद्धि हुन्छ। जीवनका बाधा-अवरोधहरू हटेर जाने र पारिवारिक सुख-शान्ति तथा कार्यसफलता प्राप्त हुने जनविश्वास छ।
माता कात्यायनीको दिव्य रूप अत्यन्तै तेजोमय मानिन्छ। उनको चार हात रहेका छन्, जसमध्ये दाहिनेतर्फको माथिल्लो हातमा अभयमुद्रा र तल्लो हातमा वरमुद्रा तथा बायाँतर्फको माथिल्लो हातमा तरवार र तल्लो हातमा कमलको फूल सुशोभित छ। उनको वाहन सिंह हो।
 
नवरात्रको छैटौँ दिन विशेष विधिपूर्वक माता कात्यायनीको मन्त्र जप, ध्यान र पूजा गरिन्छ। उनको उपासनाले अविवाहित कन्याहरूले मनोवाञ्छित वर प्राप्त गर्ने धार्मिक मान्यता पनि रहेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.