कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

0
Quantam abroad studies

काठमाडौं, असोज ३०

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। 
आचार्यले दुई हजार ६४८ मत प्राप्त गर्दै जगदीश्वरनरसिंह केसीलाई ४४९ मतको अन्तरले पराजित गरेका हुन्।

sahani furniture udyog


सहमहामन्त्री पदको अन्तिम मतपरिणामअनुसार केसीले दुई हजार १९९ मत प्राप्त गरेका छन्। अर्का उम्मेदवार दिनेश कोइरालाले एक हजार २४६ मत प्राप्त गर्दा शुभराम बस्नेतले ५३५ मत पाए।
खस आर्यतर्फको सहमहामन्त्री पदमा चारजना उम्मेदवार प्रतिस्पर्धामा थिए। मतपरिणामअनुसार आचार्यले दुई हजार ६४८ मतसहित पहिलो स्थान हासिल गर्दा केसी दुई हजार १९९ मतसहित दोस्रो स्थानमा रहे। आचार्य र केसीबीचको मतान्तर ४४९ रहेको छ। 


आचार्य विशेष महाधिवेशन माग र आयोजना गर्ने मुख्य नेतामध्येका एक हुन् । उनी विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिमा अटाएका भने थिएनन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.