
काठमाडौं, कात्तिक ९
नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ । केही दिनदेखि ओरालो लागेको सुनचाँदीको भाउ दसैंपछि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८१ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
आइतबार सुन प्रतितोला ११ हजारले घटेर दुई लाख ७८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला तीन हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर तीन हजार ९९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
