शासन ब्यवस्था फेरियो तर अवस्था फेरिएन सप्तरीको

0
Quantam abroad studies

नवीन यादव ,जेष्ठ ३१
सप्तरी जिल्लामा पुन निरंकुश पञ्चायती ब्यवस्थाको शुरूवात भएको छ ।प्रहरी प्रशासन ,अदालत होइन अब वडा कार्यलयमा पञचायतले न्याय दिन थाली सकेको छ सायद यदि हो नयाँ नेपाल ।हो सप्तरीमा पन्चायतको दादागिरी सुन्दा तपाईं अचम्म पर्नु हुनेछ ।यहाँ ५ जना दलित युवालाई चोरीको आरोपमा पन्चायतले ११ पटक बाँस को लौराले जति बेस्सरी सकिन्छ हानेर सजा दिने निर्णय गरिएको थियो । उक्त निर्णय पश्चात् ती युवाहरूलाई निर्घात कुटपिट गरिएको छ । कुटेर मात्र कहाँ छोड थियो ?? पन्चायतले झन आर्थिक जरिवाना पनि लिने निर्णय गर्यो ।

यश मानवता विरोधी र हैकमवादी शैलीको उदाहरण बनेको छ सप्तरी जिल्लाको राजगढ गाउँपालिका वडा नम्वर – ४ को बेल्ही चपेना गाउँ । उक्त गाउँका (मुसहर) समुदायका पाँच जना दलित युवाहरुलाई चोरीको आरोपमा विहीबार १८ वर्षिय अर्जुन सदा , १४ वर्षिय जैनु सदा , १६ वर्षिय जिबछ सदा , १८ वर्षिय कन्तलाल सदा , र १७ वर्षिय दुर्गे सदा सामुहिक रुपमा निर्घात कुटिएका हुन् । यतिमात्र होइन, उनीहरुलाई जरिवाना समेत तिराउन लगाईएको छ ।
स्थानीय एक व्यक्तिको पम्पिङ्गसेट चोरी गरेको आरोपमा सामुहिक भेला बोलाई युवाहरुलाई बाँसको लौरोले निर्घात कुटपीट गर्दै जरिवाना तिराउन लगाईएको पीडितहरुले जानकारी दिएका छन् ।

sahani furniture udyog

राजगढ गाउँपालिका वडा नम्वर -४ का अध्यक्ष हेमनारायण साहले युवाहरुलाई कुटपीट र जरिवाना भराउने निर्णय सामुहिक रुपमा पञ्चायत बाट गरिएको प्रतिक्रिया दिएको र कुटपीट तथा जरिवाना गर्ने कार्यमा आफ्नो सहमती वा संलग्नता नरहेको ; ‘जे भयो , तियो समाजको निर्णय हो भनी बताएका छन् ।’

तर यस्ता घटनाले प्रमाणिात गर्छ कि नेपालमा न्याय ब्यवस्था प्रहरी अदालतले नभै पहुच र सक्षमवाला ब्यक्ति , निरंकुस पन्चायत , रुकुम घटना जस्तो मानिसको हुलले नै अब ठाँउका ठाँउ न्याय गर्ने नयाँ शैलीको बिकास हुँदै छ। भोलि का दिनमा यस्तो घटना झन बढदै जाने खतरा बढी रहेको छ तशर्थ यो घटनाको छानबिन हुन जरुरी छ ।साथै वडा अध्यक्ष को सामुन्ने वडा कर्यलयमा यस्तो घटना हुनु निन्दनीय हो ।यस्ता वडा अध्यक्ष जो सम्बिधान बिपरित गै पहुँच वाला ब्यक्तिहरुको पन्चायती ब्यवस्थाको हिमायती बनेका छन् तत्काल कानुनी दायरामा ल्याउन जरुरी देखिन्छ । बिशेष गरि सप्तरी बासीले अब सोच्ने बेला आएको छ कि जिल्ला नेपालको सम्बिधानबाट चलाउने कि यस्तो निरंकुश पन्चायती ब्यवस्था बाट चलाउने ?? यो घटनाले सिधा सरकार र सम्बिधानको उपाहस गरेको छ साथै प्रहरी , अदालत लगायत को न्याय ब्यवस्थालाइ सिधा चुनौती दिएको छ। सम्बन्धित निकायले यस घटनालाई गम्भीरता पुर्बक लिइ दोषीलाई कानूनी दायरामा ल्याउन जरुरी छ नत्र जनताको कनुन माथीको बिश्वास घटने सम्भावना प्रबाल छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.