जग्गा विवादमा कुटपिट दुई जना सख्त घाइते

0
Quantam abroad studies

सप्तरी सम्बादाता ,जेष्ठ ३२
जिल्लामा जग्गाको बिषय लिएर विवाद हुदा कुटपिटमा दुई जना सख्त घाइते भइ अस्पताल भर्ना भएका छन् । सप्तरीको महादेवा गाउँपालिका वाड नं. १ पकरी बस्ने कालीचरण यादव र उनकै भाउजु अरहुलीया देवी यादवलाइ छिमेकीले कुटपिट गर्दा सख्त घाइते भइ अस्पताल भर्ना भएका हुन । पिडित यादवका अनुसार घर अगाडी रहेको ऐलानी जग्गाको बिषय लिएर विवाद बढदा महादेवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलखन यादव, उनका भाइ श्री प्रसाद यादव, इन्द्रदेव यादव, रामविलास यादव, भतिजा कृष्ण कुमार यादव र बुबा बेचन यादव लगायतले बासको भाटाले कुटपिट गर्दा सख्त घाइते भएका छन्। पिडितका अनुसार उहाँ दुइ दाजु भाइ घर अगाडी रहेको ऐलानी जग्गा सुख भोग गर्दै आएको भए पनि बिपक्षीहरुले उक्त जग्गामा घर बनाउन खोज्दा विवाद उत्पन्न भएको वताए ।

sahani furniture udyog

उनले विवादीत जग्गाको बारेमा गाउँका भरभलादमी समेतले उक्त जग्गामा कसैले घर नबनाउने निर्णय भएको थियो तर पनि बिपक्षीहरु मौका छोपी जबरजस्ती घर बनाउन लागेकोमा रोक्न लाग्दा बिपक्षीहरु बासको भाटाले कुटपिट गर्दा ३५ वर्षिय पिडित यादवको टाउको फुटेको र ३७ वर्षिया भाउजुलाइ हातको पाखुरा भाचेको पिडित यादवले वताए । पिडित दुवै जनाको गजेन्द्र नारायण सिहं असपतालमा उपचार भइ रहेको अस्पतालले जनाएको छ ।

सो घटनामा महादेवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलखन यादवले आफु भने उक्त घटनामा नरहेको पत्रकारहरुलाई बताएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.