नवलपरासी पश्चिममा डेढ लाख बराबरको अवैध केराउ बरामद , भन्सार पठाउने तयारी ।

0
Quantam abroad studies

रबिन्द्र यादव, भदौ ७

sahani furniture udyog

इलाका प्रहरी कार्यालय बेलाटारी नवलपरासी पश्चिमले बसहिया नाका बाट अइतबार ५ साईकल सहित १ लाख ४६ हजार रुपैया मुल्य बराबरको अबैध मालसामान बरामद गरेको छ। नेपाल बाट अबैध रूपमा भारत तर्फ लैजादै गरेको उक्त मुल्य बराबरको मालसामान बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रमुख खुमान्नद पाण्डे ले जानकारी दिए । इलाका प्रहरी बेलाटारी र बसहिया प्रहरी चौकी बाट खटिएको गस्ती टोलीलाई देखेर तस्करहरूले साइकल सहित ६८ बोरा २५ / २५ केजी को १७ क्विन्टल हरियो मटर ( केराउ ) छाडी भागेको प्रहरीले जनाएको छ । अहिले हरियो मटरलाई अावश्यक कार्यवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.