आयुर्वेद सेवा सम्वन्धि क्षमता अभिवृद्धि तालिम सञ्चालन

0
Quantam abroad studies

उत्तम कुमार थापा, २८ माघ, बझाङ ।

जिल्ला आयुर्वेद कार्यालय बझाङमा आयुर्वेद सेवा सम्वन्धि क्षमता अभिवृद्धि तालिम सञ्चालन भएको छ ।

जिल्लाकाे पानकाेट नजिकै रहेको आयुर्वेद याेगाहलमा ३ दिने क्षमता अभिवृद्धि सम्वन्धि तालिम सञ्चालन गरिएको हाे । आज भएको आयुर्वेद सम्वन्धि कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डाक्टर सुर्य उपाध्यायको अध्यक्षतामा सुरुभएकाे कार्यक्रम का प्रमुख अतिथि डाक्टर वर्षा पाैडेल रहनुभएकाे थियाे भने कार्यक्रम सञ्चालन आयुर्वेद कार्यालय बझाङ का वरिष्ठ वैद्य मिनराज पुरिले सञ्चालन गरेका थिए ।

sahani furniture udyog

आज बाट सुरु भएर करिव तीन दिने आयुर्वेद सम्वन्धि तालिम मा प्रमुख अतिथि रहनुभएका पाैडेलले दिप प्रज्लन गर्दै व्यानर मा शब्द बाचन गरि उद्घाटन गर्नुभएको हाे कार्यक्रममा वविता कुमारी शाहले स्वागत मन्तव्य राख्नुभएको थियाे ।

उद्घाटन कार्यक्रम मा बाेल्दै डाक्टर सुर्य उपाध्या ले भने, तपाईंहरु विभिन्न स्थानीय तहकाे आयुर्वेत बाट याहा तालिम लिन आउनुभएकाे छ । केही कुरा सिकेर जान अनुराेध गर्दै, जनसमुदायले पाउने सेवालाई प्रभावकारी बनााउन निर्देशन दिनुभएको हाे ।

तालिम कार्यक्रम मा विभिन्न स्थानीय तहका आयुर्वेद का कर्मचारीलाई सहभागीता गराईएकाे छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.