पुर्ब र पश्चिम् बाट एकैसाथ राष्ट्रिय दलित मुक्ती जागरण अभियान को समुदघाटन

0
Quantam abroad studies

काठमाडौं , फाल्गुन १
आज एकै साथ राष्ट्रिय दलित मुक्ति जागरण अभियान को समुदघाटन भएको छ । पूर्वमा सप्तरी जिल्ला को राजविराज र पश्चिममा दैलेख बाट बृहत रुपमा राष्ट्रिय दलित मुक्ती जागरण अभियान को समुदघाटन भएको हो । आयोजक ले पुर्ब घोषित मितिमामा आज बृहत रुपमा सामाजिक न्याय, मुक्ती र विभेद विरुद्ध देशव्यापी रुपमा जागरण अभियान सुरु गर्न लागेको आयोजक ले बताएका थिए।

सो अभियानका पूर्वी संयोजक राजेश विद्रोहीले रुकुम लगायत तराई मधेशका विभिन्न ठाउँमा भएको हत्याकाण्ड, दलित माथि हिंसा, बलात्कारका र बिभेदका घटनाहरु यथावत रुपमा दलित समुदाय माथि भैरहेको छ भने पछिल्लो ओलि सरकार कै पालामा भएका इ घटना ले सरकार दलित समुदाय प्रति गम्भीर नरहेको बताएका छन् । राजबिराजमा आयोजना गरिएको कार्यक्रमका अन्य वक्ता ले देशमा पटक पटक आन्दोलन भए , आन्दोलनमा दलित उत्पिडित समुदाय ले दर्जनौ बलिदानी दिए।तर , दलित समुदायको सामाजिक, आर्थिक र राजनीतिक अवस्थामा भने खासै परिवर्तन आउन नसकेको बताएका छन् ।

देशमा पछिल्ला दिनमा भएको घटनाहरुलाई मध्येनजर गर्दै न्याय , मुक्ती र विभेद विरुद्ध सडकमा उत्रिनुपर्ने बाध्यता आइलागेको भनि कार्यक्रममा उपस्थित अगुवा नेताहरु धारण रखेका छन् भने ओलि सरकार को प्रतिगामी कदम विरुद्ध हजारौं को संख्यामा कार्यकर्तालाइ सडकमा उतारेर बिरोधका कार्यक्रम गर्ने भनि दलित अगुवाहरु ले उदघोष समेत गरेका छन् ।

sahani furniture udyog

यसैगरी आजै पश्चिम् को दैलेखमा समेत पुर्ब घोषित कार्यक्रम अनुसार हजारौं को उपस्थितिमा राष्ट्रिय दलित मुक्ती जागरण अभियान को समुदघाटन गरिएको छ ।

पुर्ब र पश्चिममा एकैसाथ भएको बृहत राष्ट्रिय दलित मुक्ती जागरण अभियान को समुदघाटन कार्यक्रममा विभिन्न नाराहरु लाउदै त्यहाँ उपस्थित जनसमुदायमा दलितलाइ स्वास्थ्य ,शिक्षा नि : शुल्क गर्न र दलितलाइ बिशेष अधिकार दिइ जलजङ्गल र जमिनमा हकबन्दि कायम गरियोस् , संबैधानिक निकायमा दलितको निउक्ति अनिवार्य गरियोस् जस्ता माग लेकिएको पर्चा समेत बाडिएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.