रुपन्देहीमा उर्लदौ सय करोड अभियान

0
Quantam abroad studies

धन कुमारी चौधरी
रुपन्देही जिल्ला काे तिलौत्तमा नगरपालिकामा महिला हिंसा विरुद्ध उर्लदो सय करोड अभियान दलित सामाजिक विकास केन्द्र र केएर नेपाल द्धारा संचालित अब मेरो पालो कार्यक्रम अन्तरगत गठित किशोरी समुहहरुको नेतृत्वमा अभियान शुरु गरिएको छ ।

तिलौत्तमा न.पा. वडा नं. १३ बनकटटीको चौकमा अब मेरो पालो कार्यक्रम अन्तरगत गठित बनकटटी टिकुलीगढमा रहेका सशक्त किशोरी समुहको अगुवाईमा कार्यक्रमको सभा अध्यक्ष समिक्षा चापागाई कार्यक्रम संचालक प्रिस्कीला बराल र फ्यालसमाेबको नारा की नेतृत्वकर्ता सरस्वती थापा रहेका थिन । उर्लदो सय करोड अभियान अन्तरगत बलात्कार विरुद्ध किशोरीहरुले आँखामा कालो पटटी, कालो लुगा र कालो माक्स लगाई महिला हिंसा अन्त्यका लागी विरोध कार्यक्रम सम्पन्न गरिएका छन । उक्त कार्यक्रममा वडा जनप्रतिनिधिहरु, शिक्षक , धर्मगुरु तथा अभिभावकहरुले महिला हिंसा विरुद्ध समुहिक प्रतिबद्धता गरेका छन । यस कार्यक्रममा कविता, नारा तथा नृत्य जस्ता गतिविधि द्धारा कार्यक्रम प्रभावकारी तरिका बाट सफल भएको यो कार्यक्रम साप्तहिक रुपमा बिभिन्न ठाउँमा मनाउने अब मेरो पालो कार्यक्रमका कार्यक्रम संयोजक निर्मला सिंह ले जनकारी दिनु भएको छ । दलित सामाजिक विकास केन्द्र कपिलवस्तुका अध्यक्ष राम शरन रैदासले उक्त कार्यक्रम किशोरीहरुको नेतृत्वमा संचालन गरिएको र महिला हिंसा विरुद्धका लागी रुपन्देही र कपिलवस्तु जिल्लाको विभिन्न पालिकाहरुमा कार्यक्रम मनाइएको छ ।त्यसै गरी जमिनमा उर्लदो सय करोड अबिर बाट लेखी सो अक्षर माथि दिपप्रज्वलन गरी राष्ट्रीय गीतका र नगर गीत बाट कार्यक्रमलाई अगाडी बढाईएको सा. प. सरस्वती थापा ले बताउनु भएको छ ।

sahani furniture udyog

उक्त कार्यक्रममा वडा अध्यक्ष ज्यूले भन्नुभयो कि यो कार्यक्रम अत्यन्तै राम्रो र साचिकै हाम्रा किशोरीहरुलाई सशक्त बनाउने कार्य गरेको छ । यो कार्यक्रम पूरा भए पश्चात हामी वडा नगर बाट कार्यक्रमलाई बचाई राख्ने छौ र हाम्रा किशोरीहरुको लागी यो कार्यक्रमलाई निरन्तता दिइने छौ । त्यसका लागी हामीले बजेट विनियोजन गरी अगाडी बढनु पर्दछ हौसला दिदै प्रतिबद्धता राख्दै कार्यक्रमको समापन गरिएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.