छाडा गाइगोरुको ब्यवस्थापन गर्न र अबैध ओसारपसार रोक्न भनी प्रेस बिज्ञप्ति जारी

0
Quantam abroad studies

राज कुमार चमार, २ फाल्गुन, कपिलवस्तु ।

जिल्ला कपिलवस्तुको शुद्धोधन गाउँपालिका मा छाडा गाई गोरु र चौपाया ले गर्दा किसानहरु को अन्नबाली नोक्सानी भएको हुँदा स्थानीय किसान पीडित बन्न पुगेका छन् ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा नगद रू १५ लाख को गौशाला निर्माण गरेपनि व्यवस्थापन नभएको कारण गाईगोरु हरु गाउँपालिका मा अलपत्र परेको र अन्यत्र ठाउँबाट पनि गाई लयाई गौकासि को लागि तस्करी भइरहेको भन्ने जानकारी “जनकल्याण युवा क्लब- शु.गा.पा. कपिलवस्तु” ले दिएको छ ।

सम्बन्धित निकाय को ध्यानाकर्षण गराइ देशको राष्ट्रिय जनावर गाइ लगायत अन्य चौपायाहरुको तस्करी, चोरी निकासी रोक्न र छाडा गाइगोरु, चौपाया को उचित ब्यवस्थापन गरि किसानले मिहेनत बाट लगाएको अन्नबाली को संरक्षण होस भनि जनकल्याण युवा क्लब ले प्रेस बिज्ञप्ति जारी गरेको छ ।

sahani furniture udyog

गाई को हिन्दु धर्म संस्कृतिमा निकै महत्त्वपूर्ण स्थान दिइएको छ भने गाई नेपालको राष्ट्रिय जानवर पनि भएको हुँदा यस्को अबैध चोरी निकासी गर्ने ब्यक्ति राष्ट्रघाती हुन भन्ने कुरा उक्त प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । हाम्रो हिन्दुराष्ट्र नेपालमा हिन्दू हु भन्ने तर हिन्दूत्व लाई संरक्षण नगर्ने समामाज को बसोबास भएकोले हिन्दुत्व माथि यस्तो प्रहार वर्षौं देखि चलिरहेको छ ।

साथै यहाँको समाजका साधारण नागरिक देखि उच्च पद का कर्मचारी तथा राजनीतिक व्यक्तिहरूमा देश भक्ति नभएकाे मात्र पार्टी भक्ति भएको कारण यस्तो राष्ट्रघती अपराध निरन्तर भइरहेको जानकारी जनकल्याण युवा क्लब ले दिएको छ ।

जनकल्याण युवा क्लब द्वारा जारी गरिएको उक्त प्रेस बिज्ञप्ति मा क्लबकोअध्यक्ष पृथ्वी राज चौधरी र सचीव धर्मेन्द्र पासि को हस्ताक्षर रहेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.